फ्रेण्डसिप कम्यूनिटी हस्पीटल प्रा.ली.

दिनानुदिन जनसंख्या वृध्दिभएसँगै बड्दो शहरीकरण,र यसबाट उत्सर्जनहुने वायु प्रदूषण,अस्वास्थकर खानपान तथा शहरिय जीवनशैलीका कारण शहरीय मानव जीवनको स्वास्थ्यमा दिन प्रति दिन जटिल र भयावहा बन्दै गईरहो तथ्य हामी स्वयंले यसको सामना गरिरहेका छौं भने हामी कति त यसका शिकार नै बनिरहेका छांै । नेपालको संविधान २०७२ ले, सबै नागरिकले स्वास्थ जीवन यापन गर्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो, भनि परिभाषित गरेपनि अधिकांश जनता यसको पहुँच वाहिर रहेको तथ्य स्विकार्न बाध्य छौं । काठमाण्डौको हकमा त यति ठूला जनसंख्यालाई सरकारी स्वास्थ्य सँस्था,अस्पतालले सेवा प्रवाहमा हम्य परेको छ भन,े निजी स्वास्थ्य सँस्थाहरु सबै जनताहरुको समान पहुँच नरहेको अवस्था छ । जसका कारण अकालमै ज्यान गुमाउनु पर्ने जस्ता, तितो यथार्थ हामीले भोग्दै आएका छौं । मानव स्वास्थ्य जस्ता संवेदनशिल विषयमा आम जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन केवल सरकारी प्रयासले मात्र पर्याप्त नभएको महसुस्गरी हामी तपसिलका ब्यक्तिहरुले यस भेकमा रहेका आम नागरिकलाई सहज र सहुलियत दरमा गुणस्तरिय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई समाज सेवाको माध्यमबाट देश विकासमा योगदान पुर्याउन हाम्रो आप्mनो दायित्व बोध गरी यस फ्रेण्डसिप सामुदायिक अस्पतालको शुरुवात गरेको हौं । यो अस्पताल मुनाफारहित विशुध्द  समाज सेवाको उद्देश्यले हाम्राआप्mनै निजी लगानी र प्रयासारा स्थापना गएिको सँस्था हो ।

हाम्रा दर्शन ध्येय ( Mission and Visions )

दर्शन ( Vision )

कुनै पनि नागरिकले स्वास्थ्य शिक्षा र औषधोपचारको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् । आफूले रोजेको स्वास्थ्य सँस्थाबाट सरल,सुलभ र गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकारलाई सुनिश्चितता प्रदान गर्नमा सहयोग पुर्याउने हाम्रो प्रतिवध्दता हो ।

ध्येय ( Mission )

समुदायमालाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहगरी जनता र राष्टको विकासमा योगदान पुर्याउने |

मूल्य र मान्यता ( Norms and Values)

  • मानव स्वास्थ्य प्रति संवेदनसिलता ।
  • स्वास्थ्य सेवामा सामाजिक उत्तरदायित्व वहन ।
  • सबैका लागि समान अवसर ।
  • संरचनागत् संगठनमा सबैको समान अधिाकार र पहँुच ।
  • संगठनलाई शक्तिकोरुपमा विकास गर्ने ।
  • सेवालाई नै कर्तब्यकोरुपमा ग्रहण ।

समस्या र चुनौती ( Problems and Challenges )

फ्रेण्डसिप सामुदायिक अस्पताल सेवाको शुरुवाती अवस्थामा भएकोहँुदा यसका अगाडि थुप्रै चुनौतीहरुको सामना गर्नुपर्ने दिनहरु आउनेनै तर चुनौतीलाई अवसर उर्जाकोरुपमा बदल्ने हाम्रो दृढ निश्चियता हो तसर्थ हामी आप्m उद्देश्य प्राप्तीमा दृढ विश्वास इमान्दारीताकासाथ अहौरात्र खटिरहेका छौं आगमी दिनहरुमा पनि अझ उर्जाशिल भएर मेहेनेत गर्ने नै छौं